बाल्यकालको चोटपटक र दुर्घटनाहरूको प्राथमिक उपचार

Updated: Sep 18


(The same article is also available in English and Hindi)


नानीहरू सँधै दगुर्दै रहनछन्, विश्व अन्वेषण गर्दै, तिनीहरू दुर्घटना, चोट र विषाक्तताको शिकार हुन्छन। सबै अभिभावकहरुले आफ्ना नानीहरुमा कम्तिमा पनि मामूली चोट वा जलन को अनुभव गर्छन। यो आवश्यक छ कि सबैलाई प्रभावकारी प्राथमिक चिकित्सा कौशलको राम्रो ज्ञान होस र सामान्य गल्तीहरू संग बाच्न सकोश। उनीहरूलाई यो पनि थाहा हुनुपर्छ कि कब अवस्था गम्भीर छ र अस्पताल लैजानु जरूरी छ। यो लेखको दुई भागहरू छन्, पहिलो भागले सामान्य बाल्यावस्थामा हुने चोटपटकको उपचार संग सम्बन्धित छ। दोस्रो भाग (जो अर्को लेखमा आउनेछ) बाल्यकालको आपतकालिन र विषाक्तता को प्राथमिक चिकित्सा को विषय मा हुनेछ।

सधैं के गर्ने?

1. शान्त रहनुहोस् - कुनै नानी आपतकालिन अवस्थामा देखेर कोही पनि डराउँन् सक्छन, आमा-बाबु त अझै अधिक। यद्यपि रहनु प्रभावकारी प्राथमिक उपचार गर्न निम्त र चोटपटकबाट बाच्न आवश्यक छ।

2. दृश्य को जाँच गर्नुहोस् – हत्तार नगर्नुहोस्, दुर्घटना को दृश्य को जाँच गर्दै बिस्तारी अघि बढ्नुहोस। उदाहरण को लागी, गाड़ी दुर्घटना को मामला मा, गाड़ी चालू छ कि छैन जाँच गर्दै बन्द गर्न, अधिक चोट बाट बाच्न को लागी पहिलो र सबै भन्दा महत्वपूर्ण कुरा हो।

3. पहिला आफूलाई सुरक्षित राखनुहोस् - यद्यपि यो स्वार्थी लाग्न सक्छ, तपाईंले प्राथमिक उपचार गर्नको निम्त यो आवश्यक छ। एक बिरामी नानीलाई अस्पताल लैजानु आफै नै चुनौतीपूर्ण हुन्छ, यदि अरु एकजनालाई चोट लाग्यो भने, यो अरुहरूका लागी बोझ बन्न पुग्छ।

4. मद्दतको लागी बोलाउनुहोस्। यदि कोही वरपर छैन भने, फोन बाट बोलाउनु पर्छ।

चोट  लाग्दा

के गर्ने?

1. यदि रक्तस्राव भयो भने, अंगलाई हृदयको स्तरभन्दा माथि उठाउनुहोस् र कम्तिमा 15 मिनेट निरन्तर दबाव दिनुहोस्। यदि उपलब्ध भए सफा कपडा प्रयोग गर्नुहोस्

2. कलको पानी र साबुनले धुनुहोस् एक पटक रक्तस्राव बन्द भएपछि (जाडोमा न्यानो पानी)।

3. एन्टिसेप्टिक क्रीम लगाउनु होस ।




के नगर्ने?


1. रक्तस्राव रोकियों की? हेर्न घरी घरी दबाव नहटाउनु होस ।  

2. घावमा यदि  कांटी, ढूंगा जस्तै बाहरी वस्तु छ भने तिनीहरूलाई हटाउन कोसिस नगर्नुहोस्।

3. घरेलु उपचारहरू जस्तै गोबर, पात, हल्दी, माखन प्रयोग नगर्नुहोस्। यसले संक्रमण हुन सक्छ।

4. यदि नानीलाई उमेरका लागी पूर्ण रूपमा खोप लगाईएको छ र अघिल्लो 10 वर्षमा टीटीको एक खुराक प्राप्त गरेको छ भने, नया खुराक प्रशासन गर्न आवश्यक छैन। टीटी मात्र 10 बर्षमा एक पटक आवाश्यक हुन्छ, प्रत्येक 6  महिनाको विपरीत (जुन एक लोकप्रिय मान्यता हो)। आवश्यकता भन्दा बढी पटक टीटी  प्रशासन गर्दा एलर्जी  हुन सक्छ। टीटी टिटेनस रोकथामको लागी हो, यसले घाउको संक्रमणलाई रोक्दैन। संक्रमण पूर्ण धुलाई र एन्टिसेप्टिक द्वारा रोकिन्छ।


कहिले अस्पताल लैजाने?

1. घावमा यदि  कांटी, ढूंगा जस्तै बाहरी वस्तु

2. रक्तस्राव रोकिएन भने

3. घाउ ठूलो वा गहिरो  छ

4. दुखाइ गम्भीर छ

5. यदि टीटी चाहिन्छ

6. अनुहार मा घाव

7. गहिरो ऊतक, स्नायुबंधन, वा हड्डी देख्दै छ भने

माथि दिएका  कुनै अवस्था छ भने नानीलाई जतिसक्दो चाँडो अस्पतालमा लैजानुहोस्।

जलन

के गर्ने?

1. चिसो पानीले धुनुहोस्

2. सफा कपडा वा  पट्टीले घाउलाई ढाक्नुहोस्

के नगर्ने?

1. बरफ प्रयोग नगर्नुहोस्, यसले जलेको ठाउँमा रगत आपूर्ति रोक्छ र घाव भरनूमा बाधा पार्छ ।

2. घरेलु उपचार लागू नगर्नुहोस्।

कहिले अस्पताल लैजाने?

1. दुखाई गम्भीर छ

2. यदि टीटी आवश्यक छ

3. अनुहारमा जलन

4. यदि जलाइए धूवाँले भरेको बन्द  कमरामा भएको हो

5. जलाइएको आकार नानीको हत्केला भन्दा ठूलो छ


नाक बाट  रक्तस्राव

अक्सर यो नानीहरूमा सहज हुन्छ, कहिलेकाँही चोटपटक पछि हुन सक्छ ।


के गर्ने?

नानीलाई नाक को नरम भाग "पिंच" गराएर  अलि अघि झुकाएर कुर्सीमा बसाउनुहोस्  कम्तिमा 15 मिनेटसम्म।

के नगर्ने?

1. नानीलाई नसुताउनुहोस वा पछाडि नझुकाउनुहोस् (सामान्य रुपमा गारिने गल्ती। यसले रगत बहेको पत्ता लाग्दैन अनि घाँटीतिर बग्छ।

2. रक्तस्राव रोकियों की? हेर्न घरी घरी दबाव नहटाउनु होस ।  

3. नाकको कडा भाग पिन्च नगर्नुहोस्। नाकको नरम भागको भित्री सतहमा रक्तनलीहरूबाट रक्तस्राव हुन्छ। नरम भाग को पिन्च मात्र प्रभावकारी हुन्छ।

4. नाकमा पात, टिश्यु वा कपास नहाल्नुहोस ।

टाउकोमा चोट वा टक्कर

यदि तौकोमा सानो सूजन छ र नानी अन्यथा चंचल र चुस्त, छ, सूजनमा एउटा कपड़ामा लपेटर बरफ लगौनुहोस

कहिले अस्पताल लैजाने?

नानीलाई तुरुन्त ल्याउनुहोस् आपतकालीन विभाग यदि निम्न संकेतहरू छन् भने

1. गम्भीर रुपमा टाउको दुखेको छ

2. बान्ता

3. नानी बेहोश भाए भने (संक्षिप्त पनि)

4. अत्यधिक निन्द्रा

5. नानीले अभिभावकलाई चिन्न सक्षम छैन भने

6. फिट भयो भने

7. कान, नाक वा मुखबाट रक्तस्राव

8. कुनै पनि अंगलाई राम्रोसँग सार्नु सक्षम छैन भने (विपरीत अंगको तुलनामा)

9. घाँटी को चोट


टाउकोमा चोट वा टक्कर

यदि तौकोमा सानो सूजन छ र नानी अन्यथा चंचल र चुस्त, छ, सूजनमा एउटा कपड़ामा लपेटर बरफ लगौनुहोस

कहिले अस्पताल लैजाने?

1. नानीलाई तुरुन्त ल्याउनुहोस् आपतकालीन विभाग यदि निम्न संकेतहरू छन् भने

2. गम्भीर रुपमा टाउको दुखेको छ

3. बान्ता

4. नानी बेहोश भाए भने (संक्षिप्त पनि)

5. अत्यधिक निन्द्रा

6. नानीले अभिभावकलाई चिन्न सक्षम छैन भने

7. फिट भयो भने

8. कान, नाक वा मुखबाट रक्तस्राव

9. कुनै पनि अंगलाई राम्रोसँग सार्नु सक्षम छैन भने (विपरीत अंगको तुलनामा)

घाँटी को चोट

कुकुर (र अन्य स्तनपायी) ले टोकेको

के गर्ने?

कम्तिमा 10 मिनेटको लागी कलको पानीको मुनि धुनुहोस् (यो सबै भन्दा महत्त्वपूर्ण चरण हो)। धोएपछि घावमा

एन्टिसेप्टिक लगाउदा हुन्छ।


के नगर्ने?



1. रेबीज भाइरस हटाउने चककरमा घाउबाट रगत नबहाउनुहोस।

2. खोपमा ढिलाइ नगर्नुहोस्। यदि कुकुर पालतू हो अनि खोप पूरा गरेको छ भने पनि टीकाकरण


आवशयक छ। रेबीज 100% मृत्यु हुने एउटा गंभीर बीमारी हो।

कहिले अस्पताल लैजाने?

सबै कुकुरले टोक्दा (र अन्य जनावरहरूले टोक्दा पनि) मानवीय रेबीज खोपको 5 खुराकको खोप लगाउन आवश्यक छ। यदि यो पहिले नै रहेको घाउमा चाट्यो वा रक्तक्षेपण बिना नै खरोंच मात्र छ भने खोप पर्याप्त छ। यदि रक्तक्षेपणको कारण भएको छ भने, एन्टी-रेबीज इम्युनोग्लोबुलिन पनि आवश्यक छ। खोपको खुराक 0, 3, 7, 14, 28 दिनमा दिइन्छ। यदि नानीले खोपको पूर्ण खुराक प्राप्त गरिसकेको छ भने (पहिला टोकेको कारण), खोपका तीन खुराक मात्र पर्याप्त छन र कुनै पनि इम्युनोग्लोबुलिन पर्दैन। कुकुरको टोकाइमा टीटी पनि चाहिन्छ अरू कुनै चोटहरू जस्तो।


धेरै  भारतीय राज्यहरूमा आपतकालीन एम्बुलेन्स सेवाको लागि फोन नम्बर 108 वा 111 हुन्छ।



919788249307

©2020 by childhealtheducation.net.