अस्थमा (दम) बारे सामान्य प्रशहरू




The same article is also available in English and Hindi


यस लेख को मूल अंग्रेजी संस्करण को लागी म डॉ. वेंकटेश चन्द्रशेखरन (एसोसिएट प्रोफेसर बाल रोग विशेषज्ञ, जिपमर, पॉन्डिचेरी, भारत) लाई धन्यवाद् अर्पण गर्दछु

दम के हो?

दम एक प्रकारको फोक्सोको रोग हो जसमा रोगीलाई सास फेर्न गाह्रो हुन्छ र सुख्खा खोकी हुन्छ। यी लक्षण सामान्यता मध्यरात वा बिहानको बेलामा हुन्छ र केही रोगीलाई छाती जकडिएको जस्तो पनि लाग्छ। लक्षणहरू धेरै दिन समम लगातार रहनू सक्छन् वा बीचमा ठीक हुँदै आऊनू-जानू सक्छन। सामान्य व्यक्तिमा सास भित्र बाहिरा फ्याकने समय सास भित्र लिने भन्दा कम हुन्छ। जबकि दम रोगीमा सास बाहिर फ्याकने समय लामो हुन्छ र कहिलेकाँही "व्हीज" नामको संगीतमय आवाज़ आऊँछ। दमरोगीमा वातावरण को केही पदार्थहरू को "संपर्क" वा "सेवन" गर्नले शरीर ले असामान्य प्रतिक्रिया गर्दछ जस्ले गर्दा सांस लिने र फ्याकने नलीहरु साँघुरो हुन्छन् र लक्षण पैदा हुन्छन्।

दमको कारण के हो?

दम वातावरण को पदार्थहरू संग शरीरको असामान्य प्रतिक्रिया हो। हाम्रो वातावरणका पदार्थहरु संग शरीर को प्रतिक्रिया हाम्रो आनुवंशिक श्रृंगार (जीन) माथि निर्भर गर्छ । दम को सबै मरीज वातावरण को पदार्थहरू संग एक स्वरूप प्रतिक्रिया देखाउँदैनन्। केहि पदार्थ कसैलाई बढी एलर्जीनिक हुन सक्छ तर अरूलाई भने हुँदैन। एलर्जीनिक पदार्थहरू ले हाम्रो शरीरमा रसायनहरूको उत्पादन बढ़ाई दिंछ जसले सास फेर्ने नलिहरू सुन्निछ अनि सांघुरो पार्छ र बलगम उत्पादन बढाउँदछ। संकुचनको कारण, सास फेर्ने नली हरु अवरोध हुन सक्छ, वायु फोक्सोबाट बाहिर निस्कन नलामो समय लाग्छ र रोगीलाई "सास फेर्न" गाह्रो हुन्छ। शरीरलाई सांस फेरन ठूलो मेहनत लागछ। यदि यो लामो समय सम्म जारी रह्यो भने शारिर्लाई अक्सिजन को कमी हुन सक्छ र अन्ततः यसले थकान र बेहोशी पार्छ जो धेरै खतरनाक हुंछ।














के दम संक्रामक हो? के यो एक व्यक्तिबाट अर्कोमा फैलिन्छ?


मैले पहिले नै उल्लेख गरिसकें कि हाम्रो शरीरले हाम्रो वातावरणमा भएका पदार्थहरू संग कसरी प्रतिक्रिया गर्दछ भने व्यक्तिको आनुवंशिक श्रृंगारमा निर्भर गर्दछ। अर्को शब्दहरुमा, यो एक आनुवंशिक रोग हो जसले एलर्जी गराउँछ। यदि परिवारको कुनै सदस्यलाई दम छ भने, उनीहरूको भाई- बहिनी र नानीहरूलाई पनि यो हुन सक्छ। तर यो एक व्यक्ति देखि अर्कालाई फ्लू वा हैजा जस्तै फैलन सक्दैन।

दम बाहेक, एलर्जीका अन्य प्रभावहरू के हुन्?


अत्यधिक खुजली र आँखा रातो हुनू, छींक,नाक रातो हुनु, नकको खुजली, नाक बाट पानी बहनू वा अवरोध हूनू, ड्राईनेस र छालाको दाग, एलर्जीको अन्य रूप हुन्। विरलै एलर्जीको कारणले शरीरको अंश (विशेष गरी ओठ र जिब्रो) अचानक फुल्न सक्छ वा अचानक पीड़ित बेहोश हुन सक्छ। पछिल्ला दुई लक्षणहरू खतरनाक हुन र तुरुन्त अस्पताल लैजनू पर्छ।

दमको निदानको लागि कुनै परीक्षण छ?

यद्यपि दम विशिष्ट लक्षणहरूको आधारमा पत्ता लगाउन सकिन्छ, डाक्टरले रोगी मा स्पिरोमेट्री वा पीएफटी (पल्मोनरी फंक्शन टेस्ट्स) गर्न सक्छन । यसमा रोगिले एक उपकरणमा सास फेर्नु पर्छ जसले हवाको बहाव मापन गर्दछ र पत्ता लगाउँदछ कि रोगीको सास फेर्ने नलीहरू अवरुद्ध छन् कि छैनन्। चिकित्सकले केही इनहेलर वा नेबुलाइजेशन दिए पछि परीक्षण दोहोर्याउन सक्छ कि सुधार हुंछ कि हुँदैन कहिलेकाँही डाक्टरले रगत परीक्षण र छातीको एक्स-रे गराऊन सक्छन् अनि केही एलर्जि परीक्षणहरू दिन सक्छन्।



दमको उपचार कसरी गरिन्छ?

डाक्टरले लक्षणहरूको आवृत्ति र उनीहरूको गम्भिरताको आधारमा दमको उपचार गर्ने निर्णय गर्दछ।यदि लक्षणहरू बारम्बार देखापर्‍यो वा अचानक बढ्दै गइरहेका छन्, निद्रा गडबड गरिरहेका छन् वा नानीको दैनिक क्रियाकलापलाई परेशान गरिरहेका छन् भने, नानीको उपचार सुरु हुनेछ। डाक्टरहरूले ईन्हेलर माध्यमबाटऔषधिहरू दिंछन किनकि यस मार्गबाटऔषधीकोधेरै कम मात्रा चाहिन्छ, कार्य छिटो गर्छ अनिसाइड इफेक्ट्स कम हुंछ।दुई प्रकारका औषधीहरू प्राय: दिइन्छ- एक जसले लक्षणहरूलाई तत्काल राहत दिन्छ र अर्को जसले थप लक्षणहरू रोक्न सक्छ।आदर्श रूपमा, दुबै डाक्टरको सल्लाहमा मात्र लिन पर्छ।एक

पटक उपचार सुरु गरिए पछि डाक्टरको परामर्श बिना रोक्नु हुँदैन। येसरी उपचार रोक्दा दमको खतरनाक हमला हुन सक्छ। यदि यस्तो आक्रमण भयो भने, डाक्टरले रोगीलाई केही औषधि लिन र नजिकैको अस्पतालमा सिघ्र जाने सल्लाह दिनुहुन्छ। अस्पतालमा, अक्सिजन र नेबुलिलाइजेसन दिन सकिन्छ र कहिलेकाँही शिरा मार्फत ईन्जेक्सनहरू पनि सकिन्छ दिन सकिन्छ।


के दमको आक्रमणलाई रोक्न सकिन्छ?

यो पत्ता लगाउन महत्त्वपूर्ण छ कि के प्रदर्थले अस्थमाको आक्रमण शुरु गर्दछ। घरभित्र साधारण एलर्जीनहरू धुलो, तिलरोच, बिरालाहरू, र नम भित्ता हरूमा ढुरी हुन्। बाहरी एलर्जीनहरू पार्थेनियम, घाँस परागकण, रूख परागकण हुन्। केही नानीहरूलाई खाना देखी एलर्जी हुन सक्छ - सामान्यतया दूध, सोया, कोको, अण्डा, नट, खरबूजा, केरा, सिट्रस फल, र समुद्री खाना। वायु प्रदूषण र सुर्तिजन्य धुँवाले पनि लक्षणहरू बिगार्न सक्छ। त्यसोभए सबै रोगीमा यी सबै बेवास्ता गर्नुपर्दछ यदि माथिका कुनै पनि कारणले विशेष रोगिलाई समस्या हुन सक्छ। केहि रोगीमा, व्यायाम, अत्यधिक रुवाइ वा हाँस्ने भावनात्मक ब्यबहार पनि लक्षण पैदा गर्न सक्छ।

अर्को महत्त्वपूर्ण कुरा तपाईको डाक्टरले तोकेको औषधीहरू नियमित रुपमा लीनू हो - विशेष गरी इनहेलरहरू। इनहेलर्स प्रयोग गर्नका लागि उचित प्रविधिको अनुसरण गर्न पनि महत्त्वपूर्ण छ किनकि गलत हिसाबले प्रयोग गर्ने इन्हेलरहरूले राम्रो उपचार परिणाम दिन सक्दैन। नियमित रूपमा डाक्टरसँग जाँच्न महत्त्वपूर्ण छ कि तपाईं वा तपाईंको नानीले इनहेलर यन्त्र सही रूपमा प्रयोग गरिरहनु भएको छ? प्रायः नानीहरूका लागि, इनहेलरलाई स्पेसर भन्ने उपकरणको साथ प्रयोग गर्नुपर्नेछ र साना नानीहरूको लागिऔषधी राम्रोसँग पुर्‍याउन लागि मास्क पनी आवश्यक पर्न सक्छ।

के दमको पूर्ण उपचार (क्योर) छ?

दमलाई निको पार्न सकिदैन तर यसलाई प्रभावकारी उपचार गर्न सक्दछ ताकि नानी लक्षण रहित जीवन बिताउन सकीन्छ। यो पनि सम्भव छ कि दमका लक्षणहरू बिस्तारै कम हुँदै गएपछि नानी वयस्क भए सम्म पूर्ण रूपमा हराउन सक्छ। बहुमतका लागि, लक्षणहरू नियन्त्रण गर्न सकिन्छ एलर्जीनहरूको बचाव, इनहेलर औषधीहरूको उचित प्रयोग, इनहेल औषधिहरूको खुराक समायोजन गर्न, वा उपचार योजनामा केहि औषधि थपेर। यदि तपाईलाई अन्य एलर्जी छ विशेष गरी नाक र साइनस को वा गैस को समस्या छ भने यस्को उपचार गर्नले पनी दम मा फायदा हुंछ। साथै नियमित व्यायाम गरेर र स्वस्थ र सन्तुलित आहार खायेरा अस्थमाका लक्षण कम हुंछन। एकदम कम संख्याका लागि, लक्षणहरू नियन्त्रण गर्न धेरै गाह्रो हुन सक्छ र थप शक्तिशाली र नयाँ उपचार आवश्यक पर्दछ।

के तीन वर्ष भन्दा कम उमेरका नानीलाई दमको हुन सक्छ?

सानो नानीहरूलाई भाइरसको सामान्य रुगा वा छाती संक्रमण पछि घरघराहट (व्हीज) हुन सक्छ। धेरै 3 बर्ष भंडा सानो नानीहरूका लागि 1 वा 2 यस्तो एपिसोड हुन आम हो। तर यदि उनीहरुलाई बारम्बार व्हीज हुंछ भने डाक्टरले दमको उपचार गर्न मिल्ने औषधीहरू लेख्न सक्छन्। बहुमतमा यि नानीहरूलाई बादमा दम हुँदैन जबसम्म नानी लाई एलर्जीका अन्य लक्षणहरू छैन अनि आमा-बुबामा एलर्जी वा दम छैन भने । त्यस्तै 3 देखी 6 बर्षका नानीहरूमा बारम्बार व्हीज हुन सकछ जस्लाई अस्थायी रूपमा औषधी आवश्यक पर्दछ। बहुमत नानी हरुमा 6 बर्ष सम्म यि औषधी बंद गरी दीनू सक्छ। यदि कुनै नानीलाई 6 बर्ष पछि लगातार घरघराहट आयो भने यो दम हुन सक्छ र लामो समयसम्म उपचारको आवश्यकता पर्न सक्छ।




919788249307

©2020 by childhealtheducation.net.