The same article is available in English and Hindi also

       जीवनको पहिलो 1000 दिन अर्थात् आमाको गर्भमा 270 दिन (9 महिना) र जन्म पछि पहिलो दुई बर्ष खानाको लागि महत्वपूर्ण अवधि हो। यस अवधिमा उपयुक्त पूरक खाना  द्वारा पर्याप्त पोषण  नानीको पूर्ण मानव क्षमताको विकासको लागि आधारभूत हुन्छ। दुई बर्ष पुगेपछि पहिले भएको कुपोषण र पुड्कोपन को उपचार गर्न  धेरै गाह्रो छ।

     यी प्रारम्भिक वर्षहरूमा न्यून पोषणको तत्काल परिणामहरू मद्धे गम्भीर बिरामीको अधिक सम्भावना र मानसिक र शारीरिक  कुशलतामा  ढिलाइ (जस्तै ढिलो हिड्न वा ढिलो बोली प्रारंभ गर्न) समावेश छ। दीर्घकालीनमा, प्रारम्भिक बर्षको कुपोषण बौद्धिक प्रदर्शन, कार्य क्षमता, प्रजनन परिणाम, र किशोरावस्था र वयस्कताको समयमा समग्र स्वास्थ्यमा कमजोरी हुन सक्छ।

      यस लेखमा, म  6 महिना सम्म केवल आमाको  दूध पिलाए पछि पूरक भोजन शुरू गर्न र शिशु  र साना नानीहरूलाई खुवाउन इष्टतम रणनीतिहरू छलफल गर्नेछु।  “पूरक खाना वा पूरक पोषण”  शव्द प्रयोग गर्नु र “वीनिंग डायट” नगर्नु महत्त्वपूर्ण छ, किनकि लक्ष्य आमाको दूधलाई पूरक बनाउनु हो आमाको दूध  छोड्नु होइन।पूरक खाना ठ्याक्कै 6 महिनामा पुगेपछि सुरू गर्नुपर्छ

पूरक खानाको सिद्धान्तहरु

1. केवल आमा को दूध देखी पारिवारिक भोजनमा परिवर्तन-6 महीने के बाद पूरक भोजन-5 नवीनतम साक्ष्य आधारित सिद्धांत

नानीलाई 6 महिना सम्म मात्र आमाको  दूध दिइनु पर्छ। पढ्नुहोस् “आमाको दूधको फाइदा, सही विधि र 2 साधारण समस्याहरू” ।  पूरक आहार ठ्याक्कै 6 महिनामा पुगे पछी (180 दिन) शुरु गर्नु पर्छ। प्राथमिकताका साथ ऊर्जा-घना, घरेलु खाना दिनु पर्छ। छ महिना भन्दा अधि पूरक आहारको परिचय अज्ञानताले हो।  खाना पकाउने क्रममा दूषित हुने र संक्रमण हुने सम्भावना हुन्छ।  यद्यपि, आमाको दुध  दूषित हुन लगभग असम्भव छ। 6 महिना भन्दा पहिले पूरक खानाको परिचयले यस रोगप्रतिरोधक क्षमतामा कमजोर आयु समूहमा संक्रमणको आशंका बढाउँछ।

      अर्कोतर्फ आमाको दूध 6 महिनाको उमेर पछि अपर्याप्त हुन्छ।  शिशुले यस उमेरमा  सबै चीजहरू मुखमा हालन थाल्छन्, जसले गर्दा त्यसै पनि उनीहरूको पेटमा संक्रमण हुने सम्भावना रहनछ।  पूरक भोजनको परिचयमा ढिलाइ भए  वृद्धि मा बाधा र कुपोषण बढ्दछ।  नानीहरू यस  अवधिमा कुपोषित हुने बढी सम्भावना हुन्छ। जसरी मैले पहिले भने,  यस अवधिमा  कुपोषणले शरारिक र मानसिक  बिकासमा प्रतिकूल  परिणाम  छन्।

     पूरक पोषणको शुरुका केही महिनामा (6 देखि 9 महिना बीचमा), आमाको दूध नै नानीको मुख्य आहार रहनुपर्छ।  सामान्य स्तनपानको साथ हस्तक्षेप कम गर्न, पूरक खाना स्तनपानको बीचमा दिनु पर्छ।  कम्तीमा पनि दुई बर्ष उमेर सम्म स्तनपान जारी राखनु पर्छ।  यो महत्त्वपूर्ण छ कारण पहिलो दुई बर्ष मस्तिष्कको द्रुत विकासको अवधि हो। आमाको दुधमा मस्तिष्कको वृद्धि र विकासको लागि आवश्यक कारकहरू हुन्छन्।

     पूरक आहारको लागि सबै भन्दा राम्रो  पहिलो अनाज चामल हो, किनकि यो सजिलै पचाउन सक्छ र ग्लुटन मुक्त हुन्छ।  ग्लुटन एक प्रकारको प्रोटीन हो जुन गहुँ, राई, स्पेल्ट र जौ जस्तो अन्नमा पाइन्छ।  यस प्रोटीनले गहुँको एलर्जी, सेलिआक रोग, र ग्लुटन संवेदनशीलता आदि देखि पीड़ित नानीहरुमा  समस्या निम्त्याउँछ।  छ  महिनाको उमेरमा नानीलाई यी रोग छ कि छैन भनेर जान्न गाह्रो छ, त्यसैले सुरुमा यी अनाजहरू नदीनू सही हुन्छ।  जे भए पनि एकल खाद्यान्न खानाबाट सुरु गर्नु सही हो।  त्यसपछि बहुखाद्यान्न र अन्त मा अन्न-दाल संयोजन दिनु पर्छ।  अन्न-दाल संयोजनमा, अन्नमा अनुपस्थित पोषकहरू दालमा उपलब्ध हुन्छन् र दालमा अनुपस्थित अन्नमा।

      एक पटक नानीले चामल राम्रोसँग लिन थालेपछि, आमाले गहुँ, दाल, तरकारीसँग बिभिन्न संयोजनहरू गर्न सक्छ।  तिनीहरू सजिलैसँग उपलब्ध र माता-पिताका लागि स्वीकार्य हुनुपर्छ।  कन्द, फल, बिस्कुट र केरा  पनि पूरक खाद्यहरूको रूपमा प्रयोग गर्न सकिन्छ। घरी-घरी खाना खुवाउनु उचित हुन्छ किनकि यसले शिशुले राम्रो स्वीकृति प्रदान गर्दछ।पूरक खानाको शुरुआती महीनामा आमाको दूध शिशुको मुख्य आहार रहन्छ

पूरक खानाको उधारण-

6  महिनाको उमेरमा गुड / चिनी वा  तेल / घ्यु र गाईको दूध थपेर चामल को खोले सुरू गर्न सकिन्छ।  1-2  चम्चाको साथ सुरू गर्नुहोस् र बिस्तारै 1/2 देखि 1 कप दिनु होस्। बादमा  दिनमा स्तनपानको अतिरिक्त 1-2 पटक यही नै भोजन दिनुहोस्।

6-9 महिनाको उमेरमा- पारिवारिक भोजनलाई नै मुसेर र गुड / चिनी र तेल /घ्यू थपेर  नानीलाई दिनुहोस्। दाल, मुसेको कन्द र तरकारीहरूसँग भात, सूप, मसलाएको फलहरू, बिस्कुट, अण्डाको पहेंलो र पछि सेतो भाग दिनुहोस्।  अण्डाको सेतो भाग  केही नानीहरूमा एलर्जेनिक हुन्छ, यस क्रममा परिचय दिंदा एलर्जी कम हुन्छ। यी सबै दिनमा 4-5 पटक दिन सकिन्छ।

9-12 महिनामा- पारिवारिक खानालाई पिरो मसलाको बेवास्ता गरेर र नरम बनाएर दिनुहोस्।  रोटी र अन्य खाना लाई  दुध थपेर नरम बनाउन सकिन्छ। पारिवारिक खानालाई 4-6 पटक  दिनुहोस् र बिस्तारै मात्रा बढाउनुहोस्।  चाँडै नै बिभिन्न प्रकारको खानाको परिचय दिनुहोस्।पढ्नुहोस् “नानीहरुमा खाना ख्वाउनुको समस्या (तपाईको नानीको खानुमा सुधार ल्याउने समान्य देखि 10 ओटा विपरीत समाधान)“।6 महीने के बाद पूरक भोजन, पूरक आहार, पूरक खाना

      एक बर्षको उमेरमा, नानीलाई घरमा पकाएको सबै चीज दिनुपर्दछ र उनीहरू आफैले खान दिनु पर्छ।  यस समय, तरकारीहरू, विशेष गरी साग, मौसमी फलहरू, माछा, मासु, आदि पनि नानीलाई दीनु पर्छ। बिस्तारै परिवारको सामान्य आहारमा स्विच गर्न र नानीलाई आफैले खान आवश्यक छ।  यसरी बिस्तारै नानीहरुलाई परम्परागत खानाको  आदी हंचन।  नयाँ खाना बिहानको सत्रमा प्रस्तुत गर्नुहोस् र एक पटकमा एक मात्र नयाँ खानाको परिचय गर्नुहोस्।

एक देखि 3 बर्षको नानी- एक वर्षको नानीलाई आमाको आधा खाना चाहिन्छ।  यो 5 देखि 7 सत्रहरूमा दिनु पर्छ (वयस्कहरूको  3 खानाको विपरीत)।  यी नानीहरू खेल्नमा बढी रुचि राख्छन् र शिशुको तुलनामा उनीहरुलाई  कम भोक  लाग्छ  र  बृद्धि दर सुस्त  भएको खण्डमा खान लागि मनाउनु पर्छ। तिनीहरू अक्सर आफ्नै विशेष थाल वा भांडोबाट खान रमाइलो मानछन्। खाना एक विशेष पात्र, “अक्षयपात्र” बाट दिन सकिन्छ।  अक्षयपात्र एक विशेष पात्र हो जसमा खानाका टुक्राहरू राखेर खान सकिन्छ।विस्तृत विविधताको खाद्य प्रदार्थको प्रारम्भिक परिचय नानीहरुमा खाद्य समस्याहरुलाई रोक्छ

2. पूरक खानामा पर्याप्त ऊर्जा र पोषक संरचना सुधार गर्ने  विधि

       ऊर्जा बाक्लो भनेको खानाको थोरै मात्राले उच्च मात्रामा ऊर्जा प्रदान गर्नु हो।  नानिको खानामा तेल वा घ्यु थपेर  उर्जा घनत्वको वृद्धि गर्न सकिन्छ।  किनकि  कार्बोहाइड्रेट (3.4 कैलोरी) र प्रोटीन (4 कैलोरी)  को तुलनामा फ्याटले प्रति ग्राम (9 कैलोरी) धेरै उर्जा दिन्छ।  यो रोटीको सट्टा परांठा बनाएर र  भात पकाए पछी भूटनले वा उमालेको अण्डाको  सट्टामा अम्लेट दिएर गर्न सकिन्छ।  चिनी / गुड़ र घ्यु / तेल खानामा थपेमा  ऊर्जा घनत्व बढ्छ।

      खानामा  पानी मिलाएर अत्यधिक पातलो बनाए ऊर्जा घनत्व घटछ।  लिटो चमचामा लिंदा र  अलिक ढलकाउंडा चमचामा नै बसी रहने बाक्लो हुनुपर्छ।  वयस्कहरूमा तीन  खानाको विपरित कमती मात्राको उर्जा घना 5 – 7  भोजन दिएर नानीहरूमा  सानो पेटको समस्या सँग पनि निपटिनु सकिन्छ।

      किण्वित दलिया बनाएर, अंकुरित पिठोको प्रयोग, र पिसनु अघि  टोस्ट गरेर पनि अन्नालाई समृद्ध गर्न सकिन्छ। अन्नलाई भिजाएर पचाउन योग्य र भिटामिन समृद्ध बनाउन सकिन्छ । अंकुरणले पनि भिटामिन  सामग्री बढाउछ।  किण्वनले (जस्तै दही) भिटामिन सी र पाचन क्षमता बढाउँछ। यसले खाद्य प्रदार्थ लाई धेरै दिन सम्म राखने योग्य बनाउंछ। यदि अहिले पनि कैलोरी कमती पर्छ भने   दिनमा एक पटक तत्काल तयार हुने खाना (सेरेलाक जस्तो) उपयोगी हुन्छ। यी केहि भिटामिन र खनिजहरू पनि प्रदान गर्छन।

पूरक खाना दिन्दा कुपोषण रोक्नको लागि रणनीतिहरु

  1. स्तनपान जारी राखनु
  2. चाँडै वनस्पति प्रोटीनको प्रस्तुति (दालहरू)
  3. पशु प्रोटीन (अण्डा / मासु)

      आई. सी. डी. एस. (एकीकृत बाल विकास सेवा) जस्तै  कार्यक्रमको उपयोग यी रणनीतिहरू अनुसरण गर्न मद्दत गर्दछ।  यस सुविधाको उपयोग नगर्नेहरूले सामूहिक खानेकुराको रूपमा  “अक्षयपात्र`” प्रयोग गरेर स्कूलमा वा घरमा अतिरिक्त भोजनको व्यवस्था गर्नुपर्छ।

घरेलु बनाम तत्काल पूरक खाना

      पूरक खाना घरमा नै बनाएको वा तत्काल खाना (जस्तै सेरेलाक) हुन सक्छ।  घरेलु खाना किफायती, सजीलो उपलब्ध, सांस्क%