(The same article is also available in English and Hindi)
ज्वरो बलचिकित्सकको ओ. पी. डी. मा सबैभन्दा सामान्य लक्षण हो। यि धेरै नानीहरु घरमै सुरक्षित रूपमा उपचार गर्न सकिन्छ (अं, म यो भन्छु!) यद्यपि ज्वरोले अभिभावकलाई धेरै कष्ट दिन्छ। यो जान्न अति आवशयक छ कि नानीहरुलाई ज्वरो आउंदा कहिले घरमा उपचार गर्न सक्दछौं (काउन्टर औषधी सहित वा बिना) र कब डाक्टरको भ्रमण गर्नु जरूरी हुन्छ। यस लेखमा म यो कुरा हाईलाईट गर्छु कि कब हामी घरमा ज्वरोको बिरामीको उपचार गर्न सक्दछौं र कब डाक्टरलाई भेट्न जरूरी छ। साथै, म आपतकालिन विभाग जाने स्थितिको वर्णन गर्छु। यद्यपि मैले भन्नै पर्छ कि यदि आमाबाबुलाई लाग्छ कि डाक्टरलाई देखाउन आवश्य भने, सधैं नानीलाइ ल्यौनुहोस। हामी हाम्रा बिरामीहरूलाई देखेर सधैं खुसी हुन्छौं।
ज्वरो- जुन घरमा उपचार गर्न सकिन्छ (6 महिना भन्दा ठूलो नानिहरुमा)

अं यो घरमा उपचार गर्न सकिन्छ! यद्यपि धेरै अभिभावकहरूको लागि नानिहरुमा ज्वरो सबैभन्दा पीडादायी लक्षण हो, यसले शरीरले संक्रमणको बिरूद्ध संघर्ष गरिरहेको छ भनेर मात्र देखाउँदछ। यो एक लक्षण हो, रोग होईन। यद्यपि यसले नानिहरुमा सुस्तता निम्त्याउन सक्छ, ज्वरोले तपाईंको नानिलाई कुनै हानि गर्दैन, जबसम्म तापमान 105 ° फरेंहेट या 40° सेंटीग्रेड भन्दा ज्यादा हुँदैन, जुन भाग्यवश ज्यादै कम देखापर्छ।
ज्वरो (खोकी र मार्गी साथ वा बिना), कमसेकम पहिलो २ दिनसम्म प्यारासिटामोलको साथ घरमै उपचार गर्न सकिन्छ। पर्याप्त पानी पिउन आवश्यक छ। यदि तपाईंसँग घरमा थर्मामीटर छ भने नानीको काखमा वा मौखिक (बेसी राम्रो) हर 6 घण्टामा तापमान माप गर्नुहोस। म यो पनि औंल्याउँछु कि अधिकांश काउन्टर खोकी औषधिहरू १२ बर्ष भन्दा कम उमेरका नानिहरुमा सिफारिस गरिदैन (धेरै बलचिकित्सक संघहरू अनुसार)। ती राम्रो भन्दा बढी हानि को कारण हुन्छ। यद्यपि मह वा मह आधारित खोकी को औसधी 1 बर्ष भन्दा बढी नानिहरुमा दिन सकिन्छ। मह 1 बर्ष भन्दा कम उमेरमा हानिकारक हुन सक्छ र यस उमेर समूहमा वेवास्ता गर्नै पर्दछ।
कब डाक्टरलाई देखाउन आवश्यक छ?
2. तापमान > 101° फरेंहेट (बगल) वा 102° फरेंहेट मौखिक। यो तापक्रम भन्दा बढी (अं यो तापक्रम भन्दा बढी मात्रै) उच्च डिग्री ज्वरो भनिन्छ। यदि तपाईंसँग सेल्सियस/सेन्टिग्रेड थर्मामीटर छ भने, अनुकूल तापमान 37.5° सेल्सियस 38° सेल्सियस मौखिक हो।
3. तीन भन्दा बेसी दिन को ज्वरो
4. व्यापक दाग
5. यदि नानिले पछिल्लो केही दिनमा अत्यन्त कम खाना खाइरहेको छ
6. यदि नानिले धेरै कम पिसाब गर्दैछ
7. पेशाब गर्दा दुखाई
8. बान्ता/बारम्बार पखाला वा पेट दुखाइ
9. कान दुखाई/ कानबाट पानी वा मस स्राव
10. एक वा बढी जोर्नीहरूमा दुखाइ
11. कहींबाट पनि रक्तस्राव
12. यदि नानिलाई कुनै दीर्घकालीन रोग (कलेजो, मिर्गौला, फोक्सो, मुटु आदि) लागेको छ भने
13. यदि नानी प्रतिरोधक क्षमतालाई दबाउँने औषधीहरूमा छ। स्टेरोइड जस्तै।
कब नानीलाइ आपतकालीन (एमर्जन्सि) विभाग लानु पर्छ
1. यदि नानिले असामान्य व्यवहार गरिरहेको छ वा धेरै निदाइरहेको छ
2. दौरा (वा केहि पनि जुन तपाईंलाई शंका लाग्छ फिट हो)
3. सांस बढेको खण्डमा
4. घरी घरी उल्टी आकोमा
5. धेरै कम पेशाब वा 6 घण्ट सम्म पेशाब नगरेको खण्डमा
6. रक्तस्राव जुन बन्द हुँदैन
धेरै भारतीय राज्यहरूमा आपतकालीन एम्बुलेन्स सेवाको लागि फोन नम्बर 108 वा 111 हुन्छ।
तल टच र इन्फ्रारेड थर्मोमीटर को लिंक दिएको छ