The same article is available in  English and Hindi  also

यस लेखको मूल अंग्रेजी संस्करण को लागी म डा. मधु लता पाण्डेलाई धन्यवाद व्यक्त  गर्छु।

        नानीहरूमा कब्ज एउटा साधारण समस्या हो। जब नानी कडा मल गर्छ जसलाई  बाहिर निकालन गाह्रो हुन्छ वा नियमित मल आउंदैन, त्यस्लाई क्ब्ज भानिंछ।  नानीहरूमा  सामान्य रूपमा मलको दृढता र आवृत्तिमा धेरै भिन्नता हुन्छ।

      आमाको दूध पिउने नानीहरूमा प्रत्येक फिडको बाद मल आउन सक्छ वा हप्तामा केवल एक पटक मात्र पनि हुन सक्छ।  फार्मूला (पाउडर दुध) लिने नानीहरू र ठूला नानीहरूमा सामान्यतया कम्तिमा प्रत्येक दुई देखि तीन दिनमा एक पटक हुन्छ।  शिशुहरुमा पेटको मांसपेशीहरू कमजोर हुन्छन्।  सुतेको मुद्राले गर्दा तिनीहरूलाई मल  पास गर्ण अझ गाह्रो हुन्छ। ठुला नानीहरुका तुलनामा  सामान्य रुपमा तिनीहरूलाई मल गर्दा धेरै जोर लगाउनु पर्छ। जोर लगाउनले उनीहरुको अनुहार रातो पनि हुन सक्छ वा उनीहरु रुन पनि सक्छन्।

 नानीहरुमा क्ब्जको कारणनानीहरुमा क्ब्जको कारण

धेरै जसो नानीहरूमा कब्ज्को कुनै गम्भीर कारण  हंदैना।  केहि सम्भावित कारणहरूले समावेश छन्:

  1. प्राकृतिक प्रवृत्ति – केहि नानीहरूको पेटको सुस्त गति हुन्छ, जो क्ब्जको कारण हुन्छ।
  2. शौचालय को आदत– जस्तै पेटमा मलको प्रेशर लाई बेवास्ता गर्नु। नानीहरू खेलमा व्यस्त हुनछन् र शौचालय जाने संकेत हरु लाई  गरछन्। त्यसपछि ठूलो र कडा हुन्छ।   दिनमा तीन पटक शौचालयको समय  अलग राख्नुपर्छ ताकि निर्धारित रूपमा पेट सफा रहोस्।
  3. मललाई रोकेर राखने आदत – मल गर्दा दर्दनाक वा भयानक अनुभव पछि नानी मललाई पेट्मा  रोकेर राख्न  सक्छन्।  कड़ा मल वा गुदामा दर्दनाक स्तिथि  हुँदा पनि नानीहरूले मल लाई पेटमा रोकेर राख्छन, जसले गर्दा मल अझ कड़ा र ठुलो भएर जानछ। येसो गर्नाले अर्को पटक मल गर्नु अझ दर्दनाक र भयानक हुन्छ।
  4. शौचालयको वातावरणमा परिवर्तन– नयाँ स्कूलका शौचालय वा पेट मा प्रेशर को अनुभव  गर्दा मललाई रोकेर राख्नुको आदेश।
  5. आहार-प्रसंस्कृत खाद्य प्रदार्थमा  फलफूल र तरकारीको कमी-  पढ्नुहोस् “6 महिना उमेर पछि पूरक खाना-5 नवीनतम प्रमाण आधारित सिद्धान्त”।
  6. रोग- धेरै कम नानीहरूमा रोगले गर्दा क्ब्ज हुन्छ। रोग मद्दे हाइपोथायरायडिज्म (थाइरोइड हर्मोनमा कमी)  साधारण कारण हो।
  7. अक्सर, क्ब्ज परिवारमा चल्छ।1  लामो समय देखी  क्ब्जबाट पीडित नानीहरूको  परिवारमा अन्य सदस्यहरू लाई पनि क्ब्ज हुन्छ।कब्ज ज्यादातर व्यवहार र आहार कारकका कारण हो र अन्तर्निहित रोग विरलै छ

नानीहरूमा क्ब्जको लागि घरेलु उपचार

1. आहार परिवर्तन

निम्नलिखित उपचारहरू  चार महिना भन्दा ठूलो क्ब्ज बाट पीड़ित शिशुहरूका लागि हुन्-

फलको रस- यदि तपाइँको शिशु चार महिना भन्दा ठूलो हो भने, तपाइँ क्ब्जको फलफूलको जुस दिन सक्नुहुन्छ।  यसले छाँट, स्याउ, वा नाशपातीको रस समावेश छ (अन्य रसहरू त्यति सहयोगी हुँदैनन्)। दुई हप्ता  भन्दा बढी  प्रत्येक दिन रस नदिनुहोस्।  अत्याधिक रस नानीहरूको समग्र आहार र विकासको लागि अस्वास्थ्य हुन सक्छ।

उच्च फाइबर खाद्य प्रदार्थ-उच्च फाइबर खाद्य पदार्थ

यदि तपाइँको शिशुले ठोस खाना खान शुरू गरेको छ भने, तपाइँ चामलको सापटमा जौ दिन सक्नुहुनेछ।  तपाइँ अन्य उच्च फाइबर फल र तरकारीहरू पनि दिन सक्नुहुन्छ, जस्तै जर्माई, शक्करखंडा, नशपाती, आरु, प्लम, सिमी, मटर, ब्रोकोली, पालक वा सनको बीउ।  तपाइँ फलफूलको रस (स्याउ, नशपाती) अन्नको साथ वा फल / तरकारी प्यूरी मिलाउन सक्नुहुन्छ।  अर्कोतर्फ, केराले क्ब्ज बढ्न सक्छ।  हरियो केरा धेरै दिन सम्मको  पखाला को उपचारमा प्रयोग गरीन्छ।

आइरनको औषधी चलिरहेको समय- आयरनको औषधीले कहिलेकाहीं क्ब्ज हुन सक्छ।  त्यसकारण नानीहरू जसले आयरनको औषधी लिनछन् तिनीहरूलाई क्ब्जबाट बाच्न कहिलेकाँही आहार परिवर्तन वा उपचारको आवश्यक पर्छ।  अर्कोतर्फ, साग र बन्दकोबीले आयरनका अवशोषणमा हस्तक्षेप गर्छ।  बेलुका फलफूल र तरकारीहरू दिन्दै  र बिहानको खाना पछि आयरन दियेर  समस्यालाई सुल्झाउँन सकिंच्छ।

ठूला नानीहरू

     यदि तपाइँको नानीलाई छोटो समयको लागि क्ब्ज भएको छ भने, मात्र खानामा परिवर्तन पर्याप्त हुन्छ। यी परिवर्तन तपाइ  आवश्यकता अनुसार घरी-घरी गर्न सक्नुहुनेछ ताकि नानी नरम र पीडा रहित मल गरी रहोस्।

तपाइँ के गर्न सक्नुहुनेछ?

       प्रत्येक नानीको आंत्र पैटर्नमा फरक हुन्छ, त्यसकारण आफ्नो नानीको सामान्य आंत्र व्यवहारसँग परिचित हुनुहोस्।  मल को सामान्य आकार र कठोरता नोट गर्नुहोस्।  यसले तपाइँ र तपाइँको डाक्टरले क्ब्ज कहिले हुन्छ र  उपचार गर्ने उत्तम तरिका निर्धारण गर्न मद्दत गर्छ।  यदि तपाइँको नानीको नानी लाई घरी-घरी क्ब्ज हुन्छ भने, उसलाई  उचित शौचालय आदत विकास गर्न सहयोगको आवश्यकता पर्न सक्छ।

शौचालय आदत को लागी तपाइँ के गर्न सक्नुहुनेछ?

  1. तपाइँको नानीलाई प्रशस्त पानी पिउन र उच्च फाइबरयुक्त खाना खान प्रोत्साहित गर्नुहोस्।
  2. तपाइँको नानीलाई नियमित शौचालयको तालिका बनाउन मद्दत गर्नुहोस्।
  3. तपाइँको नानीलाई शारीरिक रूपमा सक्रिय हुन प्रोत्साहित गर्नुहोस्। सन्तुलित आहारको साथ व्यायामले स्वस्थ, सक्रिय जीवनको लागि आधार प्रदान गर्छ।

2. शौचालय प्रशिक्षण निम्ति सल्लाह

      यदि तपाइँको नानी शौचालय प्रयोग गर्न सिक्ने क्रममा क्ब्ज को पीड़ित हुन्छ भने, अस्थायी रूपमा शौचालय प्रशिक्षण रोक्नुहोस्।  शौचालय प्रशिक्षण पुनः सुरु गर्नु अघि दुईदेखि तीन महिना पर्खनु उचित हुन्छ। जब तपाइँ पुनः प्रषिक्षण सुरु गर्नु हुन्छ, नानीलाई पेटमा प्रेशर हुने साथ शौचालयमा बस्न प्रोत्साहित गर्नुहोस् । कोशिश को लागी  सकारात्मक सुदृढीकरण दिनुहोस् (गालो मा चुम्बन, अंगालो, वा प्रोत्साहनका शब्दहरू)  नानी सफल होस्-नहोस्। नानीलाई कहिले पनि दण्ड  वा दबाब नदिनुहोस्।

  1. स्वस्थ शौचालयको बानीलाई प्रोत्साहित गर्ने उपाय–यदि तपाइँको नानी शौचालय प्रशिक्षित छ भने, उसलाई खाना खान पछि वा दिनको एक वा दुई पटक शौचालयमा  बस्न प्रोत्साहित गर्नुहोस्।
  2. एउटा स्टूल लिनु होस् जसको प्रयोग गर्नाले नानीको घुँडा  कम्मर भन्दा माथी हुनुपर्छ।
  3. तपाइँको नानीको लागी कुनै कहानी  पढेर वा उसलाई कम्पनी दिएर बाथरूममा  नानीको चासो  र सहयोगलाई मद्दत गर्छ।नानीहरूमा क्ब्जको लागि घरेलु उपचार

क्ब्ज कहिले चिन्ताजनक हुन्छ?

यदि क्ब्ज संग निम्न कुनै लक्षण छ भने यो चिन्ताजनक हो

  1. ज्वरो
  2. बान्ता
  3. खाना न रुचने
  4. वजन नबढनु वा वजन घटनु
  5. पेट फुलेको
  6. गुदा को फिशर
  7. मलमा रगत

     यदि तपाइँको नानीको क्ब्जको साथ माथिको कुनै पनि लक्षण छ भने, उसलाई बाल रोग विशेषज्ञ द्वारा जाँच गराउनुहोस्।

       निष्कर्षमा,  नानीहरुमा कब्ज एउटा साधारण समस्या हो। सामान्य कारणहरू व्यवहारिक र आहार  संबन्धित हुन्, र त्यसैले यी कारकहरूलाई सम्बोधन गरेर व्यवस्थित गर्न सकिन्छ। अन्तर्निहित रोगको लक्षणहरु  हुन्छन् जब  नानीलाई बाल रोग विशेषज्ञलाई देखाउन आवश्यक हुन्छ।

 

पूरक भोजन बारे पुस्तकहरु

लेखिका को बारेमा

Dr. Madhu Lata Pandey (डा. मधु लता पाण्डे)

MBBS (Kerala) DCH(Kolkata) DNB(Peds)

Observership in Peds Gastroenterology and Nutrition (SGPGI Lucknow)

Consultant Pediatrician and Neonatologist

Email:drmadhulatasharma@gmail.com

सन्दर्भ

  1. Causes and Risk Factors of Constipation

Leave a Reply